अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्ससमा एक नेपालीको गोली लागेर मृत्यु

अमेरिकाको टेक्ससमा एक नेपालीको गोली लागेर मृत्यु

काठमाडौं,साउन १४ ।  अमेरिकाको टेक्ससमा एक नेपालीको गोली लागेर मृत्यु भएको छ । लुटेराहरूको एक समूहले एक नेपालीको हत्या गरेका हु ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे(३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाफीकोटका स्थानीय हुन् ।

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो । अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

Related Post