अन्तर्राष्ट्रिय

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा कम्तीमा २२ जनाको गोली हानी हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा  कम्तीमा २२ जनाको गोली हानी हत्या

पाकिस्तान भदौ १०। पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा  कम्तीमा २२ जनाको गोली हानी हत्या गरिएको  छ । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भनेका छन्, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’

१९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका हुन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन्। उनले भने, ‘यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी बीएलए का लडाकू जिम्मेवार रहेको देखिन्छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।’

 

Related Post