काठमाडौं,भदौ ७ । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ ।उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । भारी वर्षाको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।हिजो राती १ः २० मा भएको घटनामा परेर नेपालीहरूको ज्यान गएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।