समाचार मनोरञ्जन

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी  फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति  हुने

काठमाडौं,भदौ २६ । नेपालीहरुको महान् चाड दशैं तिहार अब नेपालीहरुको घर आगँनमा आइपुग्न धेरै दिन बाँकी छैन । यस्तै दशैं तिहारलाई नै लक्षित गरेर असोज १९ गते अर्थात अक्टोबर ५ मा भर्जिनियामा हुन लागेको  दशैं तिहार फेस्टिवल २०२४ को प्रतिक्षामा रहेका दर्शकहरुको लागि यो फेस्टिवल नजिकै आइरहेको छ । उक्त फेस्टिवल नजिकिदै जादाँ तयारी पनि सुरु भएको छ ।  दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी  पुन उक्त फेस्टिबल हुन लागेको हो । 

थ्री इन्टरटेनमेन्टद्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624)  डुम्फ्रिज रोड, मनासस, (VA20212)मा हुदैँछ । उक्त कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, निमा रुम्बा लगायतको लाइभ म्युजिककका साथै नेपालीपनको महसुस गराउने खालका विविध खेल तथा खानाका परिकारहरु यस कार्यक्रमको प्रमूख आर्कषणको रुपमा रहेको छ । साथै नेपाली खानाका स्वादिष्ट  परिकारहरूको साथै प्रत्यक्ष प्रदर्शनहरूको आनन्द लिन सकिनेछ ।  

यस्तै नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको  परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ । यस कार्यक्रममा अर्को प्रमूख अमर्कषणको रुपमा 
काइट फेस्टिभल पनि रहेको छ । जसमा मा भाग लिएर  पतंगको एक शानदार प्रदर्शन पनि अवलोकन र बालबालिकाका गतिविधिहरूस् बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरूपनि यो फेस्टिवलमा रहनेछ ।

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले   हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुन लागेको थ्री इ इन्टरटेनमेन्टले  बताएको छ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ । 

कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com  मा हेर्न सकिने छ । 

 


 

Related Post