पोखरा,कात्तिक ३ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी छ ।
रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले भोलि पनि जारी राख्ने भएको छ । आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।
रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ ।