काठमाडौं,फागुन १७ । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
अड्विरको हत्यापछि उनको शव नभेटियोस् भन्ने उद्देश्यले धोबीखोला करिडोर नजिक फोहोरले छोपेको पाइएको थियो । बुधबार राति त्यहाँ शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायिका व्यक्ति हुन् ।