काठमाडौं,साउन १ । पछिल्लो चार वर्षमा एक हजार ४५१ जना बेवारिसे बालबालिका फेला परेका छन् । सरकारी तथ्यांक अनुसार प्रत्येक वर्ष बेवारिसे बालबालिका भेटिनेक्रम पनि बढ्दै छ ।
राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा बालबालिका २०८३’ सार्वजनिक गरेको छ । जसमा पछिल्लो चार वर्षमा एक हजार ४५१ जना बेवारिसे बालबालिका फेला परेको उल्लेख छ । बेवारिसे फेला परेका कूल बालबालिकामध्ये बालक ९१९ जना र बालिका ५३२ जना छन् ।
यसमध्ये ९२५ जना बालकालिका परिवारमा पुनर्मिलन गरिएका छन् । ५२२ जना बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनःस्थापना गरिएका छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०७८र७९ मा २९७ जना बेवारिसे बालबालिका फेला परेका थिए । आर्थिक वर्ष २०७९र८० मा ३६२ खजना, आर्थिक वर्ष २०८०र८१ मा ३८३ जना बेवारिसे बालबालिका फेला परेका थिए।आर्थिक वर्ष २०८१र८२ मा आइपुग्दा यो संख्या बढेर ४०९ पुगेको छ । यसको कारण भने केही खुलाएको छैन ।