मोरङ, साउन १० । मोरङको बेलबारी १ ढुकुरे चोकमा रहेको ग्लोबल इङलिस स्कुल (मन्टेसरी)ले २०७२ साल देखि प्लेग्रुप देखि १ सम्मको कक्षा संचालन गर्दै आएको छ । बाल मैत्री एवम् मन्टेसरी शिक्षा पद्धतिबाट पठनपाठन गर्दै आएको यस स्कुलले पूर्वमा एउटा छुट्टै पहिचान बनाइसकेको छ ।
यस विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै नृत्य, गायन, चित्रकला लगायत थुप्रै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिदै छ । अहिले यस मन्टेसरीमा ७० जना विद्यार्थी रहेका छन । यस मन्टेसरीकी प्रधानाध्यापक शितल राय हुन । उनी समाजसेवी पनि हुन ।
श्री बिन्दु डटकमसंगको कुराकानीमा यस मन्टेसरीले पढ्ने र लेख्ने कुरा मात्र नसिकाइ सानैबाट जीवन जिउने कला पनि सिकाउदै आएको रायले बताइएकी छन् । यस विद्यालयको संचालक समिति अध्यक्षमा नर बहादुर खड्का रहेका छन्।