काठमाडौं,असार २६ । प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गर्न सफल भएको छ । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको यस कलेजले उक्त अर्वाड जित्न सफल भएको हो । नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्यालडिसन होटेलमा आयोजित एक समारोहमा कलेजले उक्त अवार्ड प्राप्त गरेको छ ।
लामो समय देखि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तित्वहरुले सन्चालन गरिरहेको कलेजले छोटो समयमा नै अपेक्षा गरे भन्दा राम्रो सफलता हासिल गरे बापत क्याम्पस प्रमुख रामकृष्ण सिंखडा उक्त सम्मानद्वारा विभूषित बनेका छन् ।
विशिष्ट अतिथि, प्रख्यात अभिनेत्री जय प्रदा लगायतले उक्त अवार्ड हस्तान्तरण गरेका थिए । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भिएस कलेजका रामकृष्ण सिखडाले नेपालको शिक्षा क्षेत्रमा अझै धेरै काम गर्ने जोस जागर बढेको र अझै कलेजलाई विश्वभर चिनाउन लागि पर्ने बताएका छन । यस्तै हजारौ विद्यार्थीहरुको शैक्षिक उन्नयन तथा उनिहरुको उत्तरोत्तर प्रगतिका लागि गरेको भूमिकाको कारण आफूले यो अवार्ड प्राप्त गरेको उनको भनाइ छ ।
काठमाडौंको चाबहिलमा रहेको भि।एस। विनायक सिद्ध० कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीका लागि विश्व बजारमा आवश्यक परेको सिप र क्षमतामा आधारित शिक्षा प्रदान गरिरहेको छ । आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रम लक्षित ज्ञान, सिप तथा अभिवृत्तिका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको का साथै अतिरिक्त सिपहरु नृत्य, गायन विभिन्न खेलकुद ९बास्केटबल, फुटबल० मार्सल आर्टस तथा पब्लिक स्पिकिङ जस्ता जीवनोपयोगी सिपका गतिविधि गराउन उक्त कलेज सक्रिय छ ।