शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक ,१ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

कक्षा १२ को नतिजा सार्वजनिक ,१ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

काठमाडौं,साउन १८ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नियमिततर्फको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो ।

परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।
त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै  १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ ।  

 

 

Related Tag :

Related Post