काठमाडौं,साउन २ । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्न प्रस्ताव राखेकी हुन ।
उनले भनिन्, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ ।’