सुनसरी, साउन १८ । इटहरी ४ आइतबारेमा रहेको विश्व आदर्श कलेजमा बीसीए र बीबीएस प्रथम सेमेस्टरका लागि भर्ना खुलेको छ । नेपालको पूर्वी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस कलेजमा बीसीएमा ३५ जना र बीबीएसमा १२० जनाको सीमित कोटामा भर्ना खुलाइएको हो ।
देशको अग्रणी त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको कलेजमा कम्प्युटर एवं सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रम बीसीए र व्यवस्थापनसँग सम्बन्धित शैक्षिक कार्यक्रम बीबीएसमा भर्ना खुलेको हो । भर्ना प्रक्रियामा सामेल हुनका लागि यही साउन २१ गतेसम्म ईच्छुक विद्यार्थीहरुले आवेदन फर्म बुझाउने म्याद तोकिएको क्याम्पस प्रमुख गणेश कुमार दुलालले जानकारी दिए ।
यो कलेज स्थापना भएदेखि नै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजाका साथ आफूलाई अब्बल सावित गर्दै आएको छ । कलेजले कोशी प्रदेशमा पटक पटक सर्वोकृष्ट नतिजा समेत हात पारिसकेको छ । आकर्षक, व्यवस्थित र सिकाइमैत्री वातावरणमा पठनपाठन गराइने भएकाले विद्यार्थीको संख्या वर्षेनी बढ्दै आएको कलेजको भनाइ छ ।
कलेजमा विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा प्रदान गर्न आवश्यक दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरु, सुविधा सम्पन्न र शान्त कक्षाकोठाहरु, पर्याप्त शैक्षिक सामग्री सहितको पुस्तकालयका साथै यातायातको समेत राम्रो सुविधा रहेको छ । यसका साथै कलेजले शैक्षिक भ्रमण, विभिन्न प्रकारका वर्कशप, अन्य सीप अभिवृद्धि एवं विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि विविध कार्यक्रमहरुको आयोजना पनि गरिरहेको हुन्छ ।