स्वास्थ्य

संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

संखुवासभा, साउन १० । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी उल्लेखनिय रुपमा बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेकोछ ।

साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको हो ।

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका छन् ।  वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् ।

 

 

Related Post