समाचार स्वास्थ्य

तेह्रथुमकाे म्याङ्गलुङ्गमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२) सञ्चालन हुने

तेह्रथुमकाे म्याङ्गलुङ्गमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२) सञ्चालन हुने

काठमाडौं, जेठ ५ । आगामी २०८२ जेठ १० र ११ गते तेह्रथुमको म्याङ्लुङमा  तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।  नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ नगरपालिका (तेह्रथुम) र तेह्रथुम सरोकार समाज नेपाल (काठमाडौँ) को संयुक्त आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।

विभिन्न रोगको समस्या झेलिरहेका तेह्रथुम र आसपासका सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिने आयोजक श्रोतले जनाएको छ । विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण तथा यथासम्भव उपचारको सहजीकरण समेत गर्ने योजना बनाइएकोले शिविरमा सहभागी भएर तथा सहभागी गराएर लाभान्वित हुन सम्बन्धित सबैलाई आयोजकले आह्वान गरेको छ । कार्यक्रम हुने स्थान म्याङ्लुङ स्थित तेह्रथुम जिल्ला अस्पताल रहेको छ । २०८२ जेठ १० गते शनिवार, बिहान ८ः०० बजे हुने उद्घाटन समारोहसँगै  शिविर सुरुवात गरिने छ । स्वास्थ्य परीक्षण २०८२ जेठ १० गते, शनिवार बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्म र भाेलिपल्ट २०८२ जेठ ११ गते, आइतवार बिहान  ९:०० बजेदेखि ११ः३० बजेसम्म गरि दुई दिन गरिने छ ।

स्वास्थ्य शिविरमा विभिन्न १६ प्रकारका स्वास्थ्य परीक्षण सेवाहरू उपलब्ध हुनेछन । आयोजक श्रोतका अनुसार शिविरमा निम्न स्वास्थ्य समस्याको जाँच, पहिचान गरिनेछ:

१.क्यान्सर
२.मुटुरोग
३.मृगौलासम्बन्धी रोग
४.नाक, कान, घाँटी
५. हाडजोर्नी
६. स्त्रीरोग
७. बालराेग
८. चर्मरोग 
९. मधुमेह 
१०.थाइरोइड
११.आँखासम्बन्धी रोग
१२. दाँत तथा गिजासम्बन्धी रोग
१३. छालासम्बन्धी रोग
१४. नसासम्बन्धी रोग
१५. मानसिक रोग
१६.सामान्य चिकित्सा सेवा

शिविरमा चिकित्सा सेवा प्रदान गर्नका लागि देशका प्रतिष्ठित अस्पताल तथा स्वास्थ्य संस्थासँग आबद्ध विशेषज्ञ चिकित्सकहरु र अन्य स्वास्थ्यकर्मीहरुसमेत गरी करिब १०० जनाको सहभागिता रहने  छ । आयोजकले श्रीबिन्दु डट कमलाई उपलब्ध गराएको जानकारी अनुसार ती अस्पताल एवं स्वास्थ्य सस्थाहरूको विवरण निम्नानुसार रहेको छ :

१. वीर अस्पताल, काठमाडौँ 
२.भरतपुर क्यान्सर अस्पताल, भरतपुर
३.भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
४.त्रिवि शिक्षण अस्पताल, काठमाडौँ 
५.परोपकार प्रसूति गृह, काठमाडौँ 
६.मनमोहन कार्डिओथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, काठमाडौँ
७. सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
८.सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौँ
९.नेपाल भारत मैत्री अस्पताल, काठमाडौँ
१०. नेपाल एपिएफ अस्पताल, काडमाडौँ
११.भरतपुर सेन्ट्रल हस्पिटल, भरतपुर
१२.कोसी अस्पताल, विराटनगर 
१३. नोबेल अस्पताल, विराटनगर  
१४.विराट मेडिकल कलेज, विराटनगर 
१५.बी.एन्ड सी.अस्तपाल, बिर्तामोड
१६.बी। पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
१७.तेह्रथुम जिल्ला अस्पताल
१८.बुद्ध डेन्टल हस्पिटल, काठमाडौँ

आयोजकले जनसाधारणसम्म सन्देश प्रवाह गरेर स्वास्थ्य शिविरलाई सार्थक बनाउन आवश्यक सहयोग गरिदिन सूचना प्राप्तकर्ता एवं सञ्चारमाध्यम लगायत सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।

Related Post