स्वास्थ्य

पाठेघरको क्यान्सर भयावह अवस्थामा छ,न्युनीकरण गर्न सबैले सहकार्य गरौं:स्वास्थ्यमन्त्री पौडेल

पाठेघरको क्यान्सर भयावह अवस्थामा छ,न्युनीकरण गर्न सबैले सहकार्य गरौं:स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं,माघ २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको पनि उनको भनाइ थियो ।

उनले भने  ‘आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरू, मेरो समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो,’ ‘यसलाई न्युनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ ।’

 

 

 

 

 

 

Related Post