स्वास्थ्य

देशकै नमुना ‘प्रसूति पार्क’ निर्माणको काम अघि बढ्याे

देशकै नमुना ‘प्रसूति पार्क’  निर्माणको काम अघि बढ्याे

काठमाडौं,भदौ २५ । थापाथली स्थित  बागमती नदी किनारमा ‘प्रसूति पार्क’ निर्माणको काम अघि बढेको छ।  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृहसँगै रहेको उक्त पार्क  काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार काकाको प्रस्ताव अनुसार  काम अघि बढेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य दिपेश राउतसहितका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले ‘प्रसूति पार्क’को  निरीक्षण गरेको छ।उक्त पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बजेट विनियोजन गरेर काम सुरू गरेको हो । 

प्रसूति पार्क’ नेपाल कै नमूना पार्क बनाउने तयारी भएको बुझिएको छ ।  उक्त पार्कमा  प्रसूति गृहमा आउने सुत्केरीलाई नुहाउन, लुगा सुकाउन, घाममा बच्चा सुताउनका लागि प्रयोग गरिनेछ । जसले गर्दा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूतिमा आउने सुत्केरी महिलाहरुले लाभ लिन सक्ने छन् ।

 

 

Related Post