मनोरञ्जन

अब म सुध्रिए,म अब शब्द र शैलीलाई ध्यान दिन्छु:दुर्गेश थापा

अब म सुध्रिए,म अब शब्द र शैलीलाई ध्यान दिन्छु:दुर्गेश थापा

काठमाडौं,साउन १४ । मोडल दुर्गेश थापा यस्ता गायक हुन जो मिडियामा छाइरहन्छन् । उनको भिन्न शैलीको गायनले उनी चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि उपयुक्त छैनन । 

यसै बिच उनले यतिबेला आफू सुध्रिएको बताएका छन् । उनले सार्वजनिक रुपमै भनेका छन् ,अब म सुध्रिए,म अब गाउदा शब्द र शैलीलाई ध्यान दिन्छु, आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न आयोजित समारोहमा दुर्गेशले अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने बताएका हुन ।

उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको बनाउनुपर्छ भन्ने मेरो दिमागमा बस्यो । दुर्गेश बिग्रेर होइन, सुध्रिएर आउँदैछ,’ उनले भने । दुर्गेशले यो तीजमा ‘बिच्च बिच्चमा ७’ ल्याउने समेत बताएका छन् ।  ।

दुर्गेशले बोल्दै गर्दा मोडल गरिमा शर्माले माइक तान्दै भनिन्, ‘दुर्गेश दाइको छोराले पनि गीत बुझ्ने उमेर भइसक्यो त्यही भएर दाइ चेन्ज हुँदै हुनुहुन्छ है ।’

 

Related Tag :

Related Post