मनोरञ्जन

अमेरिकाको भर्जिनियामा भएको दशैं तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा भएको दशैं तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न

काठमाडौं,असोज २१ । दशैं तिहारलाई लक्षित गरेर अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा आयोजना गरिएको दशैं तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न भएको छ । महोत्सवमा नेपालका ख्याती प्राप्त गायक प्रमोद खरेल, निमा रुम्बा, मिलन नेवार, अन्जु पन्त लगायत अरु थुप्रै कलाकारहरुको प्रस्तुुतीले अमेरिकाको भर्जिनिया विशेष हुन पुग्यो । 

कलाकाररुको लाइभ म्युजिकमा दर्शकहरु हर्ष र खुसीले झुमेका थिए । कार्यक्रममा प्रमोदले आफ्ना चर्चित गीतहरु झ्यालबाट हेर ,झुमा झुमा ,म बिना कसै कसैलाई लगायत गाएका थिए । यस्तै गरि मिलन नेवारको त्यतिकै दमदार प्रस्तुती रहेको थियो । उनले पनि आफ्ना चर्चित आधा दर्जन गीतहरु फुलबुट्टे सारी लगाएत गाएकी थिइन् । उनलाई पनि दर्शकहरुले लोभ लाग्दो साथ दिएका थिए । यसै गरि लोकप्रिय गायिका अन्जु पन्तको बेजोड प्रस्तुती रहेको थियो । उनले पनि नेपाली चलचित्रको सुर्के थैली र नबिर्से तिमीलाई नपाएँ तिमीलाई सहित कम्तिमा आधा दर्जन गीत प्रस्तुती गरेकी थिइन् । अन्तिम प्रस्तुतिमा निमा रुम्बा आफ्नो ब्याण्ड संगीत मण्डली०सहित उत्रेका थिए । उनले पनि कम्तिमा आधा दर्जन गीतहरु प्रस्तुत गरेका थिए । उनले नयाँ गीतहरु सहित पुराना कालजयी गीतहरु रातमा पनि ,आउ आउ न जस्ता अत्यन्तै लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । उनलाई पनि दर्शकले राम्रो साथ दिएका थिए ।  

यस्तै थुप्रै प्रस्तुति मध्ये अमेरिकाको भर्जिनियामा मै जन्मेकी प्रकृति देउजाको बिशेष प्रस्तुती अद्वितीय रहेको थियो । साथै पहिलो पटक प्रत्यक्ष लाइभ दोहोरी समेत गरिएको थियो । उक्त दोहोरीमा हाल मेरिल्याण्ड क्षेत्रमाइ बसोबास गर्ने र नेपालीकी चर्चित लोक दोहोरी गायिका शान्ति भण्डारी तथा लोकप्रिय लोक दोहोरी गायक रमेश परिवारको प्रस्तुति गरेका थिए ।यस्तै  स्थानीय संगीत मण्डली सम्राट एण्ड ब्याण्ड ,अश्त्र लगायत समेतले प्रस्तुति दिएका थिए र चङ्गा उत्सव पनि मनाईएको थियो जसमा  बालबालिका तथा वयस्कहरुले समेत चङ्गा उडाएका थिए । महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार,सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरु रहेका थिए ।

 डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइएको छ । नेपाल भन्दा बाहिर गरिएकाे भए पनि सबै नेपाली दर्शकलाई जोड्ने उदेश्यले उक्त कार्यक्रम गरिएको थियो । थ्री इन्टरटेनमेन्टद्वारा  भएकाे उक्त फेस्टिबललाई आर एन आर ग्रुप युएसले सहयोग गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Related Tag :

Related Post