समाचार मनोरञ्जन

भर्जिनियामा आगामी अक्टोबर ५ मा हुने दशैं तिहार फेस्टिवल २०२४ को भव्य तयारी हुँदै

भर्जिनियामा आगामी अक्टोबर ५ मा हुने दशैं तिहार फेस्टिवल २०२४ को भव्य तयारी हुँदै

 काठमाडौं,साउन २६ । आगामी अक्टोबरमा भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ हुदैँ छ ।  दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी  पुन उक्त फेस्टिबल हुने भएको हो ।थ्रीई  इन्टरटेनमेन्टद्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624)  डुम्फ्रिज रोड, मनासस, (VA20212)मा हुदैँछ । 

यस फेस्टिबलमा सहभागीहरूले रोमाञ्चक गतिविधिहरू, प्रदर्शनी, चर्चित कलाकारहरुको बेजोड प्रस्तुति साथै  र विशेष प्रकारको आकर्षणहरूको आनन्द लिन सक्नेछन। यस्तै चगां प्रतियोगिता,बालबालिका संग सम्बन्धित कृयाकलाप,सांस्कृतिक प्रदर्शनी, कुमारी रथ प्रदर्शनी , लाइभ म्युजिक लगायत आर्कषक खेलहरु यो कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको छ । 

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले   हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुन लागेको   आयोजकको भनाइ छ।यस्तै यस यस कार्यक्रमलाई आर एन आर ग्रुप युएस ले सपोट गर्दै आएको छ । 

कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com  मा हेर्न सकिने छ । 

Related Post