मनोरञ्जन

इटहरीका सुपर सुरेशकाे रेश्मा बाेलकाे गीत आगामी भदौ १ मा रिलिज हुँदै

इटहरीका सुपर सुरेशकाे रेश्मा बाेलकाे गीत आगामी भदौ १ मा रिलिज हुँदै

काठमाडौं, साउन २२ । कलाकारितामा विशेष रुची राख्ने इटहरीका सुरेस कार्की अहिले रेश्मा बोलको गीतको सुटमा व्यस्त छन् । आफूलाई सुपर सुरेस नामले चिनाउने सुरेसको उक्त गीतको म्युजिक भिडियो धुलिखेल क्षेत्रमा सुट भएको हो । सुरेशले यो गीत आगामी भदौ १ गते रिलिज गर्दैछन् ।

रेश्मा बोलको सुरेशको यो गित डान्सिङ कमेडि र्याप प्याटर्नमा बनेको छ । रिलिज डेट नजिकिदै जाँदा अहिले प्रचार प्रसारको कामले पनि तिव्रता पाएको छ । सुपर हुनेछ भेट, भदौको एक, रेश्मा रिलिज डेट भन्ने नारा दिएर सुरेशको टिम गितको प्रोमोशनमा लागेको छ, जुन नारा अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । 

सुरेश पेसाले सरकारी कर्मचारी हुन तर उनको कलाकारिताको क्षेत्रमा ठुलो लगाव छ । उनले चर्चित कलाकारहरुका सामाजिक संजालका पोस्टहरुमा कलात्मक शैलीमा कमेन्ट गरेकै हुन्छन् । कलाकारसँग भेट हुदाँ उनीहरुले सुरेशको कलात्मक कमेन्टको तारिफ गर्दा त्यसमा आफूलाई खुसी मिल्ने सुरेस बताउछन् । 

रेश्मा बोलको यो गीतको शब्द र संगीत स्वयम् सुरेसको हो भने स्वर सुरेश र पूर्वका चर्चित कमेडियन गायक प्रकाश ओझाले दिएका छन् । प्रकाश ओझाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश ओझा, सुपर सुरेश, लोसिना लामिछाने लगतयतले अभिनय गरेका छन् । यस्तै गीतको म्युजिक भिडियोको प्रमुख सहायक निर्देशक विनय पौडेल रहेका छन् । गीतको म्युजिक भिडियो छायाँकार प्रवेश पोख्रेलले खिचेका हुन् भने गितको कोरियोग्राफर सुरेश पाण्डे हुन् ।
 

Related Tag :

Related Post