काठमाडौं, भदौ १७ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै उनले आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको बताएका छन्। उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता पनि जनाएका छन्। उनको शुभकामनाका लागि बोर्डको हलमा आज ३ घण्टाको कार्यक्रम तय गरिएको छ ।