मनोरञ्जन

‘छक्कापञ्जा ५’ विहिबार नेपालसँगै अमेरिकामा पनि रिलिज हुँदै

‘छक्कापञ्जा ५’ विहिबार नेपालसँगै अमेरिकामा पनि रिलिज हुँदै

काठमाडौं,असोज २३ । फुलपाती देखि रिलिज हुने छक्कापञ्जा ५’ विहिबार नेपालसँगै अमेरिकामा पनि रिलिज हुँदैछ । प्याट्रिक सुवेदीको नेपाल एलेभन इन्टरटेनमेन्टले दीपकराज गिरी स्टारर फिल्मलाई अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी थालेको हो ।

त्यहाँका ४३ सहरस्थित हलले फिल्मलाई ५०० भन्दा धेरै शो दिएका छन् । डालसमा मात्र ५६ शो, सन(फ्रान्सिस्कोमा ५६ शो, ओहायोमा ६५ भन्दा धेरै शो तय छन् ।न्यूयोर्कको ज्याक्सन हाइटदेखि पश्चिमको क्यालिफोर्नियासम्म छक्कापञ्जा ५’  लाग्दैछ ।   २३ अमेरिकी सहरका हलमा फिल्म प्रदर्शन हुने  छ ।  जसमा न्यूयोर्कको रेगल एस्टोरिया, रोचेस्टर र ह्वाइट प्लेन्सस्थित एप्पल सिनेमाजमा फिल्म लाग्दैछ । टेक्सस राज्यको डालसस्थित सिनेपोलिस, सिनेमार्क लिगेसी र सिनेमार्क नर्थइस्ट मलमा पनि फिल्म रिलिज हुनेछ ।

 

Related Tag :

Related Post