मनोरञ्जन

जुनियर फेस अफ लेटाङ २०२४ को उपाधि कृस्टिना राईलाई

जुनियर फेस अफ लेटाङ २०२४ को उपाधि कृस्टिना राईलाई

मोरङ,लेटाङ ११ ।  जुनियर फेस अफ लेटाङ २०२४ को उपाधि कृस्टिना राईले जित्न सफल भएकी छन्। एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा हिजो शनिवार  सम्पन्न भएको उक्त  कार्यक्रममा तपाईको नगरपालिकाको वर्णन गर्नुहोस् भन्ने प्रश्नमा लेटाङ नगरपालिकाको जनसंख्या, पर्यटन, क्षेत्रफल आदीलाई  आर्कषक ढङले दिएको जवाफले राई उपाधि जित्न सफल भइन्।  यस्तै अनमोल ढकाल फस्ट रनरअप भएका छन् भने र  सेकेन्ड रनरअपको उपाधि जस्टिना मगरले जितेकी छन्। 

यस्तै जुनियर फेस अफ लेटाङको पहिलो सिजनको कोरियोग्राफी शान्ति पाख्रिनले गरेकी थिइन भने प्रमुख अतिथि लेटाङ नगरपालिका वडा न.४ का वडा अध्यक्ष राम श्रेष्ठ रहेका थिए । उक्त कार्यक्रममा ७ वर्ष देखी १४ वर्ष उमेर समूहका प्रतियोगीहरु सहभागि भएका थिए । 

उक्त प्रतियोगितामा निर्णायकको रुपमा मिस टुरिजम २०२४ रविना बराइली, मिस्टर नेपाल २०२४का फस्ट रनरअप आदेश प्रधान, मिस्टर क्लासिक इन्टरनेस्नल विजेता प्रविन पाठक र  संचारकर्मी मनिषा भण्डारी रहेकी थिइन् । 

Related Tag :

Related Post