मनोरञ्जन

अमेरिकामा भोली हुने दशैं तिहार महोत्सव २०२४ मा टिकट १५ डलर

अमेरिकामा भोली हुने दशैं तिहार महोत्सव २०२४ मा टिकट १५ डलर

काठमाडौं,असोज १८ । अमेरिकाको डिसी महानगर क्षेत्रमा अक्टोबर ५ अर्थात भोली हुने दशैं तिहार महोत्सव २०२४ को प्रतिक्षाको घडी सकिएको छ । लामो समय देखि यस महोत्सवको प्रतिक्षामा रहेका हजारौ नेपाली दर्शकले भोली शनिवार नेपालका लोकप्रिय, सर्वाधिक मन पराइने मध्ये कै कलाकारहरु क्रमस प्रमोद खरेल, अन्जु पन्त ,निमा रुम्बा ,मिलन नेवार लगायतको बेजोड  प्रस्तुती हेर्न पाउने भएका छन् । 

भोली  हुने सांस्कृतिक कार्यक्रममा नेपालका स्थापित र चर्चित  कलाकारहरुको लाइभ म्युजिकले  अमेरिकाको भर्जिनिया विशेष हुने छ ।  यस महोत्सवमा  १५ डलरको मात्र टिकट राखिएको छ । यसमा भिआइपी टिकट पनि उपलब्ध छ जसमा  १०० डलरको टिकट काटेर विशेष प्रस्तुती हेर्न सकिनेछ ।  साथै १०० डलरको टिकट खरिद गर्नेले कलाकारहरुसंग भेटघाट गर्न समेत पाउने  छन् ।

कार्यक्रममा नेपालका चर्चित कलाकारको लाइभ म्यजिकका साथै  पहिलो पटक प्रत्यक्ष ( लाइभ )दोहोरीको समेत   पनि  हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने छ । नेपाल भन्दा बाहिर गरिने भए पनि सबै नेपाली दर्शकलाई जोड्ने उदेश्यले उक्त कार्यक्रम हुन लागेको हो । नेपालको कला संस्कृतिलाई अमेरिकामा प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिने हुनाले यस कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोसाक, खेल, गहना, खानाको परिकार,  चंगा फेस्टिवल आदी हुनेछन् । 

यस्तै १० वर्ष देखी मुनीका र ६५ वर्ष देखी माथीकालाई  शुल्क नलिने आयोजकले बताएको छ । यस कार्यक्रम दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी  पुन उक्त फेस्टिबल हुन लागेको हो । थ्री इन्टरटेनमेन्टद्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी  मनाससमा हुदैँछ ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ ।

 

 

 

 

Related Tag :

Related Post