काठमाडौं,असोज २३ । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा बाधिँएका छन् । बुधबार काठमाडौंमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमिका दीपा सिंखडासंग लगनगाँठो कसेका छन् ।
सापकोटाले गोंगबुको एक ब्यांक्वेटमा विवाह गरेका हुन् । यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन् । सिंखडा बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो ।गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, ‘बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् । उनी गायनसँगै मोडलिङ समेत गर्छन् ।
विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।