काठमाडौं,भदौ ८ । लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका विष्णु माझीको गीत अन्तत बजारमा आएको छ । उनको गीत सुन्न प्राय प्रशंसकहरु नयाँ गीतको प्रतिक्षामा रहेको बेला ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको हो ।
यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् ।
उक्त गीतमा माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।
यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो ।