काठमाडौं,साउन १७ । बिहीबार काठमाडौंमा सुरु भएको काभा वुुमन्स भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।बिहीबार काठमाडौंमा सुरु भएको
खेलमा मध्य एसियाका नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा पराजित गरेको हो । दोस्रो सेटमा श्रीलंकाले ४–२ सम्म अग्रता लिएको थियो, तर नेपाल लयमा फर्कदै श्रीलंकालाई १८ मा नै रोक्यो ।
सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा श्रीलंकालाई नेपालले ३–२ को सेटमा पराजित गरेको थियो ।