खेलकुद

साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट

साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट

काठमाडौं,कात्तिक,१४ । दशरथ रंगशालामा बुधवार साँझ हुने साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट भएको छ ।


बिहान ८ बजेदेखि सुरु भएको विक्री तीन घण्टामै सकिएको हो । भीआईपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट विक्री गरिएको छ । त्यसमध्ये खल्तीबाट खरिद भएका ४१ सय टिकटलाई एन्फाले मान्यता दिँदै ४९ सय टिकट मात्र बुधवार विक्री गरेको छ । भीआईपीतर्फ खल्तीबाट विक्री गरिएका टिकट भने रद्द गरेर एन्फाले आफैले विक्री गरेको छ ।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको भन्दै एन्फाले ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर आफै विक्री गर्ने निर्णय गरेको थियो। त्यसका लागि बुधवार बिहान ८ बजे काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानबाट भौतिकरुपमा उपस्थित भएर टिकट खरिद गर्ने व्यवस्था मिलाइएको थियो।

ठेकेदार कम्पनीले भने खल्तीसँग सम्झौता गरेर अनलाइनबाट टिकट विक्रीको व्यवस्था गरेको थियो। यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा १९ हजारभन्दा बढी दर्शक रंगशाला छिरेका थिए। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ।

 

Related Tag :

Related Post