काठमाडौं,मंसिर १५ । नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको छ । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।