खेलकुद

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं,माघ ८ । नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

लामिछानेलाई क्यान अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका हुन । प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको  हो।

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।

 

Related Tag :

Related Post