खेलकुद समाचार

यो ऐतिहासिक उपलब्धि आफ्नो मात्र नभई सबै नेपालीको हाे : पलेशा

यो ऐतिहासिक उपलब्धि आफ्नो मात्र नभई सबै नेपालीको हाे : पलेशा

काठमाडौ,भदौ १८ । पाराओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले यो ऐतिहासिक उपलब्धि आफ्नो मात्र नभई सबै नेपालीको भएको बताएकी छन् । राष्ट्रिय खेलकुद परिषदको बधाई कार्यक्रममा पलेशाले अब नेपालसँग पनि ओलम्पिक मेडल छ भन्ने उपलब्धि प्राप्त भएको बताएकी हुन् । 

‘उनले भनेकी छन्, यो उपलब्धि मेरो मात्र होइन ल, सबैका लागि हो,’ उनले भनिन्, ‘हामीले गर्वका साथ भन्न पाएका छौँ । हामीसँग पनि एउटा ओलम्पिक मेडल छ । मलाई गर्व लागेको छ।’ नेपालले मेडल ल्याउन असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो । उनले भनेकी छन्, मेडलका लागि लामो समयको प्रतीक्षा । सबैले असम्भव जस्तो देखेका थिए । नेपालले ल्याउन सक्दैन कि भनेर,’ उनले भनिन्, ‘मलाई विश्वास छ । अब सबै युवा, खेलाडीहरूले देख्नुभयो । यो सम्भव छ ।’

तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन्। यसअघि सन् २०२४ मा उनी एशिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्। महिलातर्फको ५७ केजी तौल समूहको कांस्य पदक जित्ने क्रममा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गरेकी थिइन्।

ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा(ओलिम्पिक्समा नेपालले पदक जित्नसकेको थिएन। उनी दुईवटा विश्व पारा तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा(तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।

 

Related Post