खेलकुद

पोखरा एभेन्जर्स १०३ रनमै अलआउट

पोखरा एभेन्जर्स १०३ रनमै अलआउट

काठमाडौं,मंसिर २५ ।  नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । टी-यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो । पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एकरएक विकेट लिए । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १० र १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

Related Tag :

Related Post