खेलकुद

एभरेष्ट महिला भलिबल लिगको दोस्रो दिन आज तीन खेल हुँदै

एभरेष्ट महिला भलिबल लिगको दोस्रो दिन आज तीन खेल हुँदै

काठमाडौं,असोज १५ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३स्४५ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने गण्डकी चितवन शक्तिसँग ३(१ कै सेटमा पराजित भएको थियो ।

कर्णाली पहिलो खेलको लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने गण्डकी पहिलो जित निकाल्ने लक्ष्यमा छ । यस्तै साँझ ५:४५ बजे कभर्डहलमै काठमाडौं स्पाइकर्स र चिनव शक्तिबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा चिनवले गण्डकीलाई ३(१ को सेटमा पराजित गर्दै ३ अंक जोडिसकेको छ भने काठमाडौं भ्याली डर्बीमा ललितपुर क्विन्ससँग ३(१ कै सेटमा पराजित भएको थियो ।

त्यसैले काठमाडौं पहिलो जितको खोजीमा हुनेछ भने राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कपत्नीमा चितवन लगातार जित निकाल्ने योजनामा छ ।

 

 

 

Related Tag :

Related Post