काठमाडौं, मंसिर १५। आजबाट नेपाल प्रिमियर लिग (एनपीएल) का खेल सुरु भएका छन् । उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमने सामने हुँदै छन् ।
खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् भने जनकपुरको कप्तानी अनिल साहले गर्दैछन् ।
दुवै टिममा विश्वचर्चित खेलाडीहरु रहेका छन् । विराटनगरमा मार्टिन गप्टिल, आकिब इलियास, निकोलस किर्टनजस्ता खेलाडीहरू छन् भने जनकपुरमा मोहमद मोहसिन, लाहिरु मिलान्थाजस्ता खेलाडी छन् ।
यो समाचार तयार पार्दासम्म पाँचाै ओभरको खेल चलिरहेको छ । विराटनगरले १ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ ।