काठमाडौं,कात्तिक ३०। नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग एनपीएलका आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो ।
त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।