खेलकुद

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं,कात्तिक २७ । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सुदूरपश्चिमले ड्रोनमार्फत पनि जर्सी सार्वजनिक गरेको हो ।  

मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराएर रिभेल गरिएको हो ।

टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ ।

 

 


 

Related Tag :

Related Post