काठमाडौं,मंसिर १५। काठमाडौंको तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
सीट क्षमताभन्दा बढी यात्रु बोकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए ।