खेलकुद

साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने

साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा  नेपालले भारतसँग खेल्ने

काठमाडौं, कात्तिक, ८ । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ । दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

३ खेलपछि भुटान र नेपाल दुवैले समान ७ अंक जोडेका छन्। गोलअन्तरमा नेपाल विजेता र भुटान उपविजेता बनेका छन् । बिहीबार भएको खेलमा भुटानले मालदिभ्सलाई १३–० गोलले हराएपछि नेपाललाई समूह विजेता बन्न सजिलो थिएन । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११–० गोलले हराएको थियो ।

भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४–१ गोलले हराएको थियो। नेपालले पहिलो चरणमा १७ गोल गर्योा भने एक गोल पनि व्यहोरेन । भुटानले १७ गोल गर्यो भने एक गोल व्यहोर्यो । भुटानले सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग खेल्ने छ ।

 

Related Tag :

Related Post