काठमाडौं, मंसिर २३ । नेपाल प्रिमियर लिगमा आज दुईवटा खेल हुँदैछन्।
पहिलो खेल आज बिहान ९ः१५ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुनेछ। आजै दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् आमने सामने हुँनेछन्।
यसअघिका तीन वटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ भने तीनवटै खेलमा लुम्बिनी पराजित भएको अवस्था छ। जारी प्रतियोगितामा लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रदैछ भने जनकपुर लगातार चौथो जितका लागि खेल्दैछ।
त्यस्तै सुदूरपश्चिम पनि यसअघिका तीन वटै खेल जितेको टोली हो । ऊ अंक तालिकाको शीर्षस्थानमा छ। चितवनले खेलेका तीन खेलमा १ खेल मात्रै हार ब्यहोरेको छ।