काठमाडौं,साउन ८ । लाइन काटेका उद्योगमा लाइन जोड्नको लागि नेपाल विद्युत प्राधिकरणले ड्राफ्ट तयार पारेको छ । बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको लागि ड्राफ्ट तयार भएको हो । प्राधिकरण सञ्चालक समितिले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गरेपछि लाइन जोड्न सुरु हुनेछ ।
गत शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो ।यस्तै विद्युत नियमन आयोगको निर्देशनलाई पनि प्राधिकरणले अटेर गर्र्दै आएको थियो ।