अर्थ / वाणिज्य समाचार

कात्तिक ८ भित्र ४९ उद्योगको बक्यौता बुझाउन विद्युत् प्राधिकरणको अनुरोध

कात्तिक ८ भित्र ४९ उद्योगको बक्यौता बुझाउन विद्युत् प्राधिकरणको अनुरोध

काठमाडौं,असोज २४ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुलाई  आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको छ । 

यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने  छ ।

 

 

 

Related Post