काठमाडौं,मंसिर १२। बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंकले बढेर नेप्से २७५६ विन्दुमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भएको छ ।
१९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढेका छन् । यस्तै फाइनान्स समूह ०।४७ प्रतिशत घट्व्यादा व्यवपार समूह सबैभन्दा धेरै ९।२ प्रतिशत बढ्यो । यस्र्तै विकास बैंक समूह ३।१८ प्रतिशत, बैकिङ ०।३२, होटल तथा पर्यटन १।३६, हाइड्रोपावर १।४६, लगानी ०।७१, जीवन बीमा २।८१, उत्पादन ०।६३, माइक्रोफाइनान्स ०।९०, निर्जीवन बीमा १।१८ र अन्य समूह ०।५६ प्रतिशतले बढेका छन्। ।
यस्तै मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ६।७७, थ्रीस्टार हाइड्रोपावरको ६।५२, जानाकी फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।