अर्थ / वाणिज्य

६ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले बढ्यो

६ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले बढ्यो

काठमाडौं,माघ २१ ।चालू आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

 

Related Post