अर्थ / वाणिज्य समाचार

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकल जलेर नष्ट

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकल जलेर नष्ट

गुल्मी,कात्तिक ७।  गुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकल जलेर नष्ट भएको छ ।  आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार(४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको छ भने  मानवीय क्षति भने  नभएको प्रहरीले बताएको छ ।मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्पलगायत वरपरको क्षेत्र क्षती हुनबाट जोगिएको छ ।


 

 

Related Post