अर्थ / वाणिज्य

कारोबारको पहिलो दिन घट्यो सेयर बजार

कारोबारको पहिलो दिन घट्यो सेयर बजार

काठमाडौं,मंसिर १६ ।कारोबारको पहिलो दिन आइतबार सेयर बजार ९.९९ अंक घटेको छ ।  बजारको परिसूचक नेप्से २७ ३८ मा कायम भएको छ ।यस्तै कारोबार रकम केही बढेको छ । कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । 

६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो । विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।

बैंकिङ १।४७, फाइनान्स २।९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो । विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ९.६, सपोर्ट माइक्रोफाइनान्सको ९.४, मितेरी विकास बैंकको ७.६ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।

जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ९.१, उपकार लघुवित्तको ५.४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.६ तथा मानुषी लघुवित्तको ४.१ प्रतिशत मूल्य घट्यो ।

 

 

 

Related Post