अर्थ / वाणिज्य

सेयर बजार २६२६ अंकमा, कारोबार रकम पनि बढ्यो

सेयर बजार २६२६ अंकमा, कारोबार रकम पनि बढ्यो

 काठमाडौं,पुस ९ । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४।११ अंक बढेको हो । यस्तै कारोबार रकम पनि बढेको छ ।  आज ५ अर्ब २० करोडको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको भएको थियो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो ।

उत्पादन समूह २।३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । तिबाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको १०, जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२ प्रतिशत मूल्य घट्यो ।

Related Post