अर्थ / वाणिज्य

एक वर्षमै ३२ लाख ३९ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

एक वर्षमै ३२ लाख ३९ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

काठमाडौं, मंसिर १०। खल्तीमा नोटको सट्टा स्मार्टफोन बोकेर डिजिटल भुक्तानी गर्ने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गएको छ । दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीदेखि लाखौँको आर्थिक कारोबार डिजिटल रूपमै हुन थालेको छ ।

नगद कारोबारभन्दा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस जस्ता माध्यमको प्रयोग गर्नेहरू उल्लेख्य बढेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार  एक वर्षमै ३२ लाख ३९ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । २०८० को असोजसम्म २ करोड २२ लाख ८४ हजार ६२२ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ को असोजसम्म यो बढेर सङ्ख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको हो ।

वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४३ लाख भन्दा बढी थपिएको छ । २०८० को असोजदेखि २०८१ को असोजसम्म ४३ लाख १९ हजार ९२९ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । २०८० को असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड २ लाख ७६ हजार १६१ थियो । उक्त सङ्ख्या २०८१ को असोजसम्म आइपुग्दा दुई करोड ४५ लाख ९६ हजार ९० पुगेको  छ ।

 

 

 

Related Post