अर्थ / वाणिज्य

३ महिनामा टेलिकमको कुल आय १० अर्ब ६ करोड

३ महिनामा टेलिकमको कुल आय १० अर्ब ६ करोड

काठमाडौं, मंसिर १ ।    नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रेमासिकमा को वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा टेलिकमको कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रहेको छ । गत वर्षको तुलनामा यो आय ५।४९ प्रतिशतले कम हो ।

पछिल्लो ३ महिनामा टेलिकमको खुद नाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । यो गत वर्षको तुलनामा २८ करोड ७८ लाख ४१ हजारले कमी रहेको कम्पनीले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी ३८.६६ रूपैयाँ छ ।

Related Post