अर्थ / वाणिज्य समाचार

शेयर बजारमा २८.९१ अंकको वृद्धि

शेयर बजारमा २८.९१ अंकको वृद्धि

काठमाडौं,पुस ८ ।  साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से )बढेको छ ।  नेप्से आज २८.९१ अंकले बढेर २ हजार ६ सय १२ दशमलब २० विन्दुमा बन्द भएको हो ।आइतबार १३।५३ अंकले घटेको थियो ।

यस्तै आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार नेप्सेमा आज ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १९४ कम्पनीको शेयरमूल्य बढ्दा ४२ को घट्यो भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर रहेका छन् । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज जानकी फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

 

 

 

 

 

 

Related Post