अर्थ / वाणिज्य

सरकारले दूध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी गरिसक्ने

सरकारले दूध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी गरिसक्ने

काठमाडौं,भदौ ९ ।   कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले दूध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी गरिसक्ने बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकारसँग बोल्दै मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकि रकम भुक्तानीको गर्ने तयारी भइरहेको बताएका हुन ।  

उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान ९डीडीसी० लाई ६० करोड रूपैयाँ उपलब्ध गराउने पनि बताएका छन् ।  

दुग्ध किसानलाई १ अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ ।

 

 

Related Post